१. परिचय
सार्वजनिक खरिद अनुगमन कार्यालय सार्वजनिक खरिद सम्वन्धी कार्यविधि, प्रकृया तथा निर्णयलाई अझ वढी खुला, पारदर्शी, वस्तुनिष्ठ र विश्वसनिय वनाउने तथा सार्वजनिक खरिद प्रकृयामा प्रतिष्पर्धा, स्वच्छता, इमान्दारिता, जवाफदेहिता र विश्वसनियता प्रवद्र्धन गर्ने उद्देश्यका साथ सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६४ को उपदफा १ बमोजिम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्र्तगत स्थापना भएको हो । यस कार्यालयमा स्थायी तथा करार सेवामा कार्यरत समेत गरी कूल ४८ जना कर्मचारीको दरवन्दी रहेको छ ।
२. उद्देश्य
- सार्वजनिक निकायवाट हुने खरिद कार्यको अनुगमन, नियमन र सार्वजनिक खरिद प्रणालीलाई व्यवस्थित गर्ने,
- सार्वजनिक निकायहरुले गर्ने खरिद कार्यमा सुशासन कायम गर्न सहयोग पु¥याउने,
- नेपालको सार्वजनिक निकायहरुमा हुने खरिद कार्यमा गुणस्तरीयता हासिल गर्न अनुगमनलाई प्रभावकारी बनाउने
- खरिद कार्य सम्पादनमा पारदर्शिता तथा एकरुपता कायम गराउने
- सार्वजनिक निकायहरुलाई खरिद सम्वन्धी आवश्यक राय परामर्श उपलब्ध गराउने
- सार्वजनिक खरिद प्रकृयामा सुनिश्चितता कायम गर्न आवश्यक नमूना कागजातहरु तयार गर्ने ।